सत्ताको सजिलो भ¥याङ्ग बनाएर प्रधानमन्त्रीमा उक्लेका कोईराला सँगै केही काँग्रेस नेताहरुका कारण एमाले, काँग्रैस र स्वयं एमाओवादीलाई समेत अविस्वासको काम देखाएका छन् ।
विगतमा एमाओवादीकै कारण संविधान लगायतका विभिन्न बिषयहरुमा संकट पैदा भएको भन्दै कुलिएका बर्तमान प्रधानमन्त्री समेत अहिले सत्तामा पुग्ने वित्तिकै फेरी कुन प्रभुको ईसराका कारण सहमती भएकै छैन् भनेर कुर्लदै छन् ।
यस्तै हो नेपालको राजनीतिक चालचलन जो गएपनि उही ताल भनेझै काँग्रेसले झिकेको यस्तो बखेडाकै कारण फेरी मुलुकमा राजनीतिक दलहरुवीच दुरी बढ्ने र सत्ताको खेलमै अरुले पनी काँग्रेसलाई रिस पोख्ने काम भएपछि नेपाली जनताहरुले चाहेको संविधान बन्न सक्ने संकेत यसपालि पनि देखीएन ।
काँग्रेस भित्रैका केही नेताहरुको खेल र कोईरालालाई असफल बनाउने षडयन्त्र कोईरालाले नबुझेका पनि होईनन् । बरावरी हैसियतका मन्त्रलाय बाँडफाँड गर्ने सम्झौलाई कसरी हुन्छ सफल पारेर एमालेले र काँग्रेस सँग एमाओवादीलाई समेत साथ लिएर नयाँ संविधान वनाउने तर्फ लाग्नुको साटो पुनः कोईराला आफै सत्ता समिकरणका लागि खेल खेल्न थालेपछि अन्ततः काँग्रेस र एमालेनै धेरै दोषी हुने देखिन्छ । प्रधानमन्त्री हुने वित्तिकै कुर्चीमा कुनै जादुको छडी भएझै गरि दम्भ देखाउने नेपालका प्रधानमन्त्रीहरुले पद खुस्किएपछि मात्रै निद्राबाट व्यूझिएझै गरी पछि पछुतो मान्नुभन्दा अहिलेनै सवैको हितका लागि सहमती अनुसारको कुरा बढाउन आवश्यक देखिन्छ ।





